
सुर्खेत, १८ कात्तिक । कर्णाली प्रदेशको मन्त्रिपरिषद्को आकस्मिक बैठक बसिरहेको छ । भूकम्प प्रभावित क्षेत्रको विषयमा निर्णय गर्न आज शनिबार बिहान मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको हो ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण जिसीका अनुसार बैठकमा भुकम्पबाट प्रभावित क्षेत्रका बासिन्दाको उद्धार र राहतका बारेमा निर्णय गर्न आकस्मिक मन्त्रिपरिषद् बैठक बसेको हो ।
शुक्रबार राति गएको ६.४ म्याग्नेच्युटको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १२८ जनाको मृत्यु भएको छ ।











प्रतिक्रिया