१ कार्तिक २०८३, आइतबार

यूएईले नेपाललाई दियो १३५ रनको लक्ष्य

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । आइसीसी टी-२० विश्वकप एसिया छनोट फाइनल अन्तर्गत सेमिफाइनलमा यूएईले नेपाललाई १ सय ३५ रनको सामान्य लक्ष्य दिएको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३४ रनको योगफल तयार पारेको हो।

नेपालका लागि कुशल मल्लले तीन विकेट लिए। सन्दीप लामिछानेको नाममा २ विकेट रह्यो। सोमपाल कामी र रोहित पौडेलको नाममा एक/एक विकेट रह्यो।

आज यूएईलाई पराजित गर्न सके नेपाल विश्वकपमा पुग्नेछ ।