३० आश्विन २०८३, शुक्रबार

टिममा फर्किए दीपेन्द्र सिंह ऐरी

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा नेपालले पहिला बलिङ गर्दैछ ।

शुक्रबार मुलपानी मैदानमा हुने खेलमा युएईले टस जितेर पहिले ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्न लागेको हो ।

नेपाली टिममा आज एक परिवर्तन गरिएको छ । सन्दिप जोराको स्थानमा दीपेन्द्र सिंह ऐरीलाई प्लेइङ ११ मा राखिएको छ । घाइते भएका कारण दीपेन्द्रले समूह चरणमा मलेसिया, सिंगापुर र ओमानविरुद्धको खेल गुमाएका थिए ।

आजको खेलमा जित हात पार्ने टिम आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा स्थान पक्का गर्नेछ ।