
काठमाडौं, १७ कात्तिक । नेपाली सेनाले अधिकृत क्याडेट पदमा भर्ना आह्वान गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले अधिकृत क्याडेट पदका लागि आवेदन माग गरेको हो ।
सेनाले शुक्रबार सूचना जारी गर्दै २२९ जना सहायक सेनानीका लागि आवेदन खुल्ला गरेको हो ।
सेनाले खुल्लातर्फ १२२, महिला १७, जनजाति ३३, मधेशी २७, दलित १५, पिछडिएको क्षेत्रबाट ३ र सेनाका परिवारबाट १२ जना गरी २२९ जनाका लागि आवेदन खुल्ला गरेको हो ।












प्रतिक्रिया