३० आश्विन २०८३, शुक्रबार

नेपाल ओमानसँग पराजित

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । टी-२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएकोविश्वकप छनोटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा नेपाल ओमानसँग ५ रनले पराजित भएको हो ।

ओमानले नेपाललाई १ सय ४६ रनको लक्ष्य दिएकामा नेपाली टोलीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर एक सय ४० रन जोड्न सक्यो ।

नेपालका लागि कुशल भुर्तेलले २६ र विवेक यादवले ३९ रन बनाए। रोहित पौडेल, सन्दीप जोरा र सोमपाल कामी समान १२ रन बनाएर आउट भए। आसिफ शेखले ५ रन मात्र जोड्न सके । गुल्सन झाले ३ रन बनाए ।

नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल पुगेको छ । ओमान समूह विजेता बनेको छ ।