
काठमाडौं, १६ कात्तिक । ओमानले नेपाललाई १४६ रनको लक्ष्य दिएको छ ।
काठमाडौंको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १४५ रन बनायो ।
आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपाल र ओमान खेलेका हुन् ।
दुबै टोली सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । यो खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लगाउने छ ।















प्रतिक्रिया