२७ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ कात्तिक । प्रतिनिधि सभा बैठक आज बिहान ११ बजे बस्ने भएको छ । संघीय संसद‍्को सचिवालयका महासचिव डा. भरतराज गौतमले बिहान ११ बजे बैठक बस्ने जानकारी दिए ।

बैठकमा चालु अधिवेशनमा विभिन्न मन्त्रालयबाट उत्तर प्राप्त भएका सबै मौखिक तथा लिखित प्रश्न र उत्तरहरू सम्बन्धित मन्त्रीहरुबाट टेबुल गरिने सम्भावित कार्यसूची रहेको छ ।

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यसूचीमा उल्लेख छ ।

यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठकमा राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ र तेस्रो वार्षिक प्रतिवेदन २०७९/८० पेश गर्ने कार्यसूची रहेको छ ।