
काठमाडौं, १६ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल अन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले ओमानविरुद्ध टस जितेको छ ।
त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जित्दै पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । बिहान ९ बजेबाट सुरु खेलमा टस हारेसँगै ओमानले ब्याटिङ गर्नेछ ।
जारी प्रतियोगितामा नेपालले सिंगापुरलाई ८ विकेट र मलेसियालाई ६ विकेटले हराएको थियो । ओमानले भने मलेसियालाई ३२ र सिंगापुरलाई २२ रनले हराएको थियो ।
समूह ‘ए’बाट नेपाल र ओमान दुबै टोली सेमिफाइनलमा पुगिसकेका छन् । आज हुने खेलले समूह ‘ए’को विजेता र उपविजेताको टुंगो लाग्ने छ ।















प्रतिक्रिया