
काठमाडौं, १६ कात्तिक । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ ५७ पैसा तोकिएको छ भने युरो एकको खरिद दर १४० रुपैयाँ १७ पैसा र बिक्री दर १४० रुपैयाँ ८० पैसा रहेको छ ।
यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६१ रुपैयाँ ३१ पैसा र बिक्री दर १६२ रुपैयाँ ०४ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
















प्रतिक्रिया