२७ कार्तिक २०८३, शुक्रबार

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, १६ कात्तिक । राष्ट्रिय सभा बैठक आज बिहीबार बस्दैछ । संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा बस्ने बैठक दिउँसो १ः०१ बजेबाट सुरु हुनेछ ।

संघीय संसद सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयबाट प्राप्त मन्त्रिपरिषद्‌ सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराइने कार्यसूची रहेको छ ।

बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्ती देवी राइले ‘विद्युतीय व्यापार विधेयक २०८०’सम्बन्धी समितिको प्रतिवेदन सभा समक्ष पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।