२७ कार्तिक २०८३, शुक्रबार

संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस आज न्युयोर्क फर्किँदै

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेपालको चारदिने भ्रमण आएका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज न्युयोर्क फर्किँदै छन् ।

गुटेरेस कतार एयरवेजको उडानमार्फत बिहान १० बजे न्युयोर्क फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

गुटेरेसले हिजो मंगलबार संघीय संसदको सयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, राजनीतिक दलका नेताहरू, मन्त्रीहरू लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

नेपाल बसाइका क्रममा महासचिव गुटेरेसले अन्नपूर्ण आधार शिविर तथा लुम्बिनीको पनि अवलोकन भ्रमण गरेका थिए । महासचिव गुटेरेस आइतबार बिहान काठमाडौं आइपुगेका थिए ।