सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कर्णाली प्रतिष्ठान र सनवे मेडिकल सेन्टरबीच सहकार्य

दैनिक नेपाल २०८० कार्तिक १५ गते ८:००

कर्णाली, १५ कात्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मलेसियाको सनवे मेडिकल सेन्टर बीच सम्झौता भएको छ । सम्झौताले ती दुई स्वास्थ्य सेवा प्रदायक सस्थामा कार्यरत जनशक्तिबीच सहकार्य हुने बताइएको छ ।

मंगलबार मलेसियामा आयोजित कार्यक्रममा प्रतिष्ठानका तर्फबाट उपकुलपति डा. मंगल रावल र सेन्टरका तर्फबाट अध्यक्ष डा. लाउ बेन लोङ्गले सम्झौतामा हस्ताक्षर गरेका थिए । सो अवसरमा मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले सम्झौता नेपालको दुर्गम जिल्लामा स्थापित प्रतिष्ठानका लागि सहयोगी बन्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित