२ कार्तिक २०८३, सोमबार

बंगलादेशमा आलुको मूल्य वृद्धि रोक्न विदेशबाट आलु आयात गरिने

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ढाका, १५ कात्तिक । बंगलादेश सरकारले दक्षिण एसियाली मुलुकमा अत्यधिक खपत हुने आलुको मूल्य वृद्धिलाई नियन्त्रण गर्न आलु आयात गर्न अनुमति दिने निर्णय गरेको छ ।

वाणिज्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै आलुको अत्यधिक माग र स्वदेशी उपलब्धतालाई ध्यानमा राख्दै विदेशबाट आलु आयात गर्ने अनुमति दिइएको जनाएको छ । ‘यो निर्णय आलुको स्थानीय बजारमा आलुको अत्यधिक माग र मूल्य वृद्धिलाई शान्त पार्ने सरकारको प्रयासको एक हिस्सा हो,’ विज्ञप्तिमा भनिएको छ ।

मन्त्रालयले बजारका लागि आलुको आपूर्ति बढाउनका लागि आलु आयात अनुमतिका लागि निवेदन दिन व्यवसायीलाई आग्रह गरिसकेको छ ।