१ कार्तिक २०८३, आइतबार

काभ्रेमा सवारी दुर्घटना हुँदा २ को मृत्यु, एकजना गम्भीर घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धुलिखेल, १५ कात्तिक । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ स्थित शिला भञ्ज्याङमा पराल ओसारेको गाडी दुर्घटना हुँदा दुई जनाको मुत्यु भएको छ । अर्का एक जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार मंगलबार दिउँसो कुशादेवीबाट नयाँ गाउँतर्फ जाँदै गरेको बा४ख ६७२३ निसान गाडी ब्रेक फेल भई सडकबाट अन्दाजी छ सय मिटर तल खस्दा गाडीमा सवारमध्ये दुई जनाको मुत्यु भएको हो ।

मुत्यु हुनेमा पनौती नगरपालिका वडा नं २ कुशादेवी बस्ने वर्ष ४० का रविन आचार्य र बेथानचोक गाउँपालिका–२ बस्ने वर्ष ५० को शिवविक्रम केसी रहेका छन् । दुवै जनालाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा मुत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा परी बेथानचोक गाउँपालिका–२ का वर्ष ४५ का शारदा तिमल्सिना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनको टाउको, घाँटी र दुवै हात खुट्टामा चोट लागेको छ । घाइतेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।