
काठमाडौं, १४ कात्तिक । युट्युबमा भाइरल डिल्लीराम खनाल फेरि पक्राउ परेका छन् ।
यसअघि एकजना अभिनेत्रीविरूद्व आपत्तिजनक अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेर रिहा भएका खनाल पुन: पक्राउ परेका हुन् ।
नेपाली सेनाविरूद्व आपत्तिजनक अभिव्यक्ति दिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाको उजुरीपछि उनलाई पक्राउ गरिएको हो ।
खनाललाई अदालतबाट ७ दिनको समय लिएर प्रहरीले अनुसन्धान सुरू गरेको छ ।















प्रतिक्रिया