
काठमाडौं, १४ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको बताएका छन् ।
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेलाई स्वागत गर्न मंगलबार गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका प्रधानमन्त्री प्रचण्डले मुलुकको शान्ति प्रक्रियाले समान परिस्थितिको सामना गरिरहेका देश र समाजका लागि राम्रो उदाहरण हुन सक्ने विश्वास व्यक्त गरे ।
उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको स्पष्ट पारे ।















प्रतिक्रिया