
काठमाडौं, १४ कात्तिक । मलेसियाविरूद्व सानदार जित निकाल्दै नेपालले टी-२० विश्वकप छनोटको सेमिफाइनलमा स्थान बनाएको छ ।
काठमाडौंको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो । समूह ए बाट नेपाल र ओमानले सेमिफाइनलमा स्थान बनाएका हुन् ।
समान चार अंक भएपनि नेपाल नेटरनरेटका आधारमा शीर्षस्थानमा छ । जितको लागि १ सय ६६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
नेपालको जितमा कुशल मल्ल ३४ बलमा २ चौका र ७ छक्कासहित सर्वाधिक ६५ रनमा आउट भए । नेपाललाई ओपनर कुशल भुर्तेलले २५ बलमा ४ चौका र ४ छक्कासहित ४३ रन जोड्दै सहज जितको आधार तय गरेका थिए ।
त्यसअघि टस जितेर ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ६५ रन जोड्यो ।















प्रतिक्रिया