
मकवानपुर, १४ कात्तिक । मकवानपुरको राक्सिराङ गाउँपालिका-६ को कागबेली सामुदायीक वनमा एक शव फेला परेको छ ।
सोमबार दिउँसो ६ नम्बर वडाको पातलि डाँडा बस्ने अन्दाजी ३० वर्षीय टेकबहादुर प्रजा मृत फेला परेका हुन् ।
प्रहरीका अनुसार उनी कात्तिक ७ गते घरबाट हराएका थिए । उनको शव रुखमा झुण्डिएको अवस्थामा फेला परेको हो ।
घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।











प्रतिक्रिया