२७ कार्तिक २०८३, शुक्रबार

प्रिन्सिपलको हत्याविरुद्व आज मधेशका विद्यालय बन्द

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ कात्तिक । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याव्सन) मधेश प्रदेशले प्रिन्सिपल रुपेश सर्राफको हत्याविरुद्व आज विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ ।

नेशनल प्याव्सनका प्रदेश अध्यक्ष डा. नन्दन यादव र सचिव जितेन्द्र प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै सर्राफको हत्याप्रति भर्त्सना गर्दै हत्या विरोधमा आज प्रदेशभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका हुन् ।

बाराको कलैयास्थित बाल एकता माविको संचालक तथा प्रिन्सिपल सर्राफमाथि सोमबार दिउँसो गोली प्रहार गरिएको थियो । घाइते उनको केहि घण्टामै उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको थियो ।