८ कार्तिक २०८३, आइतबार

तीहारअघि नै देशैभरका सडकको मर्मत सम्पन्न गरिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरू गरिसकेको जानकारी दिएका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा मन्त्री ज्वालले बर्षायामपछि सडकलाई मर्मत गर्ने भनिएपनि दसैंका कारण केही ढिलाई हुन गएकाले अब मुलुकभरको सडकलाई मर्मत गर्ने काम सुरू गरिसकेको जानकारी दिए ।

तीहारअघि नै सम्पूर्ण सडक सञ्जालको मर्मत कार्यसम्पन्न हुने उनले बताए । उनले मुग्लिङ–पोखरा, नागढुङ्गा लगायतका सडकलाई प्राथमिकताका साथ अघि बढाइएको धारणा राखे । सडकको स्तरोन्नतीका क्रममा केही समस्या आएपनि त्यसलाई हल गर्दै व्यवस्थित रूपमा अघि बढाइने मन्त्री ज्वालाले बताए ।

उनले चाडपर्वका बेला सहज रुपमा आवातजावतका लागि आवश्यक निर्देशन दिएको जानकारी पनि दिए । बैठकमा समिति सदस्यहरूले समयमा नै सडक निर्माण नगर्ने ठेकेदारलाई कारवाही गर्नुपर्नेमा जोड दिएका थिए । समिति सदस्य प्रदीप पौडेलले बर्षांैसम्म पनि एउटा पनि आयोजना सम्पन्न नहुँदा त्यसको प्रभाव धेरै देखिएपनि सरोकारवाला गम्भीर हुन नसकेको बताए ।

उनले तोकिएको आयोजना समयमा नै नसकिँदा म्याद थप्ने काम बन्द गर्नुपर्ने जिकिर गरे । अन्य समिति सदस्यहरूले चक्रपथ सुधार आयोजनालाई छिटो भन्दा छिटो अघि बढाउनुपर्नेमा जोड दिएका थिए ।