
काठमाडौं, १३ कात्तिक । गोली प्रहारबाट घाइते भएका बाराको कलैयास्थित बाल एकता बोर्डिङका प्रधानाध्यापक कलैया निवासी रुपेश स्वर्णकारको मृत्यु भएको छ ।
उनीमाथि आज अज्ञात समूहले २ राउण्ड गोली प्रहार गरेको थियो । उनको छाती र टाउकोमा गोली लागेको थियो।
उनलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्जको बयोधा अस्पताल लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो ।
गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया