
बारा, १३ कात्तिक । बाराको कलैयामा एक बोर्डिङका प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ ।
बाल एकता बोर्डिङका प्रधानाध्यापक कलैया निवासी रुपेश स्वर्णकारमाथि २ राउण्ड गोली प्रहार भएको प्रहरीले जानकारी दिएको छ ।
उनको छाती र टाउकोमा गोली लागेको छ । उनको एलएस न्यूरो अस्पताल उपचार भइरहेको छ । उनको अवस्था गम्भीर छ ।
गोली प्रहार गर्ने अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया