८ कार्तिक २०८३, आइतबार

प्रहरी नियन्त्रणबाट अभियुक्त फरार

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, १३ कात्तिक । चोरी गरेको अभियोगमा दाङ प्रहरीको नियन्त्रणमा रहेका एक व्यक्ति आज फरार भएका छन् ।

फरार हुनेमा घोराहीका २८ वर्षीय विवेक नेपाली रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसीले जानकारी दिए ।

नेपालीलाई तीन दिनअघि प्रहरीले पक्राउ गरेको थियो । स्वास्थ्य उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगेका बेला नेपाली फरार भएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।

शौचालय जान्छु भनी भागेपछि अहिले उनको खोजी भइरहेको छ ।