३० आश्विन २०८३, शुक्रबार

सिंगापुरमाथि नेपालको सानदार जित

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक। आईसीसी टी-ट्वान्टी विश्वकपको एसिया छनोटमा नेपालले सिंगापुरविरुद्ध सानदार जित निकालेको छ ।

टीयू क्रिकेट मैदालमा भएको पहिलो खेलमा सिंगापुर ८ विकेटले पराजित भएको हो । सिंगापुरले दिएको १ सय ४६ रनको लक्ष्यका लागि नेपालका लागि कुशल भुर्तेलले ७४ रनको अर्धशतकीय इनिङ्स खेले ।

उनले ४८ बलमा ८ चौका र २ छक्काको मदतले सो रन बनाएका हुन् । अर्का ओपनर आसिफ शेखले २७ रन बनाए । कप्तान रोहित पौडेलले २४ बलमा ३५ रनको बिस्फोटक ब्याटिङ प्रर्दशन गरे । क्रिजमा आएको पहिलो बलमै छक्का प्रहार गर्दै कुशल मल्लले खेल समाप्त गरेका थिए ।

सिंगापुरका अनन्त कृष्ण र अक्षय पुरीले समान एक एक विकेट लिए । यसअघि, सिंगापुरले निर्धारित ओभरमा ९ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।

प्रतियोगिताको समूह ‘ए’ मा आयोजक राष्ट्र नेपाल, मलेसिया, ओमान र सिंगापुर रहेका छन् । समूह ‘बी’ मा भने बहराइन, हङ्कङ, कुवेत र यूएई रहेका छन् ।