
काठमाडौं, १३ कात्तिक । नेपाललाई सिंगापुरविरुद्ध पाँचौँ सफलता मिलेको छ ।
टी-२० विश्वकपको एसिया छनोट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिङ गरिरहेको सिंगापुरको पाँचौँ विकेट सन्दीप लामिछानेले लिएका हुन्। यसअघिको तेस्रो र चौथो विकेट गुलशन झाले लिएका हुन् ।
त्यस्तै नेपालका लागि सन्दीप र करण केसीले एक/एक विकेट लिएका थिए ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले ११.३ ओभरमा पाँच विकेटको क्षतिमा ७६ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया