
काठमाडौं, १३ कात्त्कि । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको खेलमा सिंगापुरविरुद्ध बलिङ गरिरहेको नेपाललाई दोस्रो सफलता मिलेको छ ।
नेपालका लागि स्पीनर सन्दीप लामिछानेले दोस्रो विकेट लिएका हुन् । उनले सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई आउट गरेका हुन् । सुरेन्द्रन सिंगापुरका लागि १० बलमा ६ रन बनाएर आउट भए ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले ७ ओभरमा दुई विकेटको क्षतिमा ५३ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया