
मकवानपुर, १३ । मकवानपुरको भीमफेदी गाउँपालिकामा भीरबाट लडेर एक जना वृद्धको मृत्यु भएको छ ।
आइतबार दिउँसो गाउँपालिकाको वडा नम्बर ३ बेसारघारीका ७० वर्षीय गणेशबहादुर स्याङतानको भीरबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनएको छ ।
स्याङतान घरदेखि डेढ किलोमिटर पश्चिमतर्फ भीर भएको स्थानमा घाँस काट्न गएका थिए । सोही क्रममा भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया