१ कार्तिक २०८३, आइतबार

विश्वकप छनोटको प्रत्येक बलमा अर्नाको पुरस्कारः एक रनको एक हजार, छक्काको २० हजार

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । अर्ना वियरले टी–२० विश्वकपको एसिया छनोट अन्तर्गत आज सोमबारदेखि काठमाडौंमा हुने खेलमा नेपाली खेलाडीलाई नगद पुरस्कार घोषणा गरेको छ ।

अर्ना वियरले सामाजिक सञ्जालमार्फत नेपाली खेलाडीले बनाउने प्रत्येक रनको १ हजार, चौकाको थप १० हजार, छक्काको थप २० हजार रुपैयाँ दिने घोषणा गरेको हो ।

त्यस्तै बलिङतर्फ एउटा डट बल बराबर १ हजार, मेडन ओभरको १० हजार र हरेक विकेटमा २५ हजार रुपैयाँ दिइने अर्नाले जनाएको छ ।

यसअघि गत भदौमा भएको एसिया कप क्रिकेटमा चौका, छक्का र विकेट लिने नेपाली खेलाडीलाई अर्नाले पुरस्कार दिएको थियो ।

यो पनि:

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आजबाट, नेपाल र सिंगापुर भिड्दै