३० आश्विन २०८३, शुक्रबार

टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आजबाट, नेपाल र सिंगापुर भिड्दै

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ कात्तिक । आईसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको फाइनल खेल आज सोमबारबाट काठमाडौंमा सुरु हुँदैछ । उद्घाटन खेलमा घरेलु टोली नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतियोगितामा ८ राष्ट्र सहभागी छन् । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेको छ भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेको छ । समूह ‘ए’को सबै खेल त्रिवि क्रिकेटमा हुनेछ भने समूह ‘बी’ को खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

घरेलु टोली नेपालले आफ्नो दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने छ ।

समूह ‘ए’ र समूह ‘बी’बाट शीर्ष दुई दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल पुग्ने दुई टोलीले सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

खेलअघि नेपाली राष्ट्रिय टीमका मुख्य प्रशिक्षक मोन्टी देसाई र कप्तान रोहित पौडेलले विश्वकप एसिया क्षेत्र छनोट नेपालका लागि अवसर भएको र आफूहरू उत्साहित रहेको बताएका छन् ।

हिजो आइतबार टीयू मैदान कीर्तिपुरमा आयोजित प्रि–म्याच कन्फ्रेन्समा प्रशिक्षक देसाईले नेपालले केही समयदेखि लगातार खेल खेलिरहेको र कमीकमजोरीहरू सुधार गर्दै अघि बढिरहेको बताए । उनले प्रत्येक खेलमा छुट्टाछुट्टै रणनीतिका साथ अघि बढ्ने बताए ।

त्यस्तै कप्तान पौडेलले यसअघिको खेलमा देखिएका कमीकमजोरीलाई अबको खेलमा दोहरिन नदिने बताए । उनले सन्दीप लामिछाने समावेश भएसंगै टीम व्यालेन्स र बलियो भएको जिकिर गरे ।

नेपाली टोली

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी