८ कार्तिक २०८३, आइतबार

प्रचण्डका कारण शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन कठिन भयो: केपी शर्मा ओली

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कारण शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन नसकेको बताएका छन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससँगको भेटवार्ताका क्रममा अध्यक्ष ओलीले प्रचण्डका कारण शान्ति प्रक्रिया टुंगिन नसकेको बताएका हुन् ।

अध्यक्ष ओलीले संक्रमणकालीन न्यायलाई अन्याय बनाउन नहुने र छिटो टुङ्गाउन चाहेको धारणा राखेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।

प्रचण्डले हिंसालाई बढावा दिदा शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन कठिन देखिएको आलीको धारणा रहेको ज्ञवालीको भनाइ छ । भेटवार्तामा शान्ति प्रक्रिया लगायत जलवायु परिवर्तनका बिषयमा छलफल भएको एमाले ज्ञवालीले जानकारी दिए ।

नेपालले जलवायु परिवर्तनको पिडालाई नजिकबाट हेरेर आवश्यक मुद्धा बनाउन खोजेको र नेपाल अल्पविकसित मुलुकबाट माथि उठ्नका लागि आफ्नो साथ रहेको गुटेरेसले बताएका ज्ञवालीले बताए ।