१ कार्तिक २०८३, आइतबार

दसैँमा मोटरसाइकल दुर्घटनामा घाइते भएका दर्लामीको उपचारको क्रममा मृत्यु

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १२ कात्तिक । धरान–चतरा सडकखण्ड अन्तर्गत मकवानपुरको बागमती गाउँपालिका-७ लामिटारमा मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका एकजनाको उपचारको क्रममा मृत्यु भएको छ ।

दसैँ टीकाको भोलिपल्ट अर्थात कात्तिक ८ गते राति बागमतीको झुरझुरेबाट हेटौंडातर्फ आउँदै गरेको ना.३० प ३४८१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा चालक बागमती-६ ठाडीखोला बस्ने २२ वर्षीय सन्तोष दर्लामी गम्भीर घाइते भएका थिए ।

उनलाई हेटौंडा अस्पतालबाट थप उपचारको लागि अन्नपुर्ण न्युरो अस्पताल काठमाडौं पठाइएको थियो । उनको उपचारको क्रममा कात्तिक १० गते राति निधन भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा मोटरसाइकलमा सवार ठाडीखोला बस्ने अन्दाजी २२ वर्षीय प्रदिप लोप्चन घाइते भएका थिए । लोप्चन दुर्घटनापछि आफूखुसी उठी गएको र स्थानीय मेडिकलमा उपचाररत रहेको खुलेको डिएसपी भण्डारीले बताए ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।