८ कार्तिक २०८३, आइतबार

हामीहरूमाथि प्रश्न उठाउने कोशिस गरिएको छ, त्यसको उचित जवाफ दिइनेछ: अध्यक्ष ओली (भिडिओ)

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूमाथि प्रश्न उठाउने कोशिस भइरहेको बताएका छन् ।

नेपाली काँग्रेसले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुँदै अध्यक्ष ओलीले आफूहरूमाथि प्रश्न उठाउने कोशिस भएको भन्दै उचित जवाफ दिने बताएका हुन् ।

‘हामीहरूमाथि प्रश्न उठाउने कोशिस गरिएको छ । तिनको जवाफ उचित ढंगले यथासमयमा दिइनेछ,’ अध्यक्ष ओलीले भने ।

उनले अहिले चाडबाडको समय रहेको भन्दै वादप्रतिवाद गर्नु राम्रो नहुने प्रतिक्रिया दिए ।

सो अवसरमा अध्यक्ष ओलीले सबैलाई दसैतिहार लगायतका चाडपर्वको अवसरमा शुभकामनासमेत दिएका छन् ।