
काठमाडौं, ११ कात्तिक । भारतीय अर्बपति मुकेश अम्बानीलाई ज्यान मार्ने धम्की आएको छ ।
अम्बानीलाई अज्ञात व्यक्तिले इमेलमार्फत ज्यान मार्ने धम्की दिएका हुन् । धम्की दिने व्यक्तिलाई अम्बानीसँग २० करोड भारू मागसमेत गरेका छन् ।
‘यदि तपाईंले हामीलाई २० करोड रुपैयाँ दिनु भएन भने हामी तपाईंलाई मार्नेछौँ। हामीसँग भारतमा उत्कृष्ट शूटरहरू छन्,’ इमेलमा भनिएको छ।
यो धम्की २७ अक्टोबरमा शादाब खान नामका व्यक्तिले पठाएका थिए ।
मुम्बई प्रहरीले ज्यान धम्की दिने व्यक्तिको खोजी गरिरहेको छ ।















प्रतिक्रिया