१ कार्तिक २०८३, आइतबार

नामिबियामा एक सयभन्दा बढी भैंसीको डुबेर मृत्यु

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नामिबिया, ११ कात्तिक । सिंहको आक्रमणपछि बच्नलाई भागदौड गर्दा कम्तीमा एकसय भन्दा बढी भैंसीको मृत्यु भएको छ ।

नामिबियाको वातावरण तथा पर्यटन मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार चोबे नदी नजिकै सिंहले आक्रमण गरेपछि तर्सिएर भाग्ने क्रममा एकसय भन्दा बढी भैंसीको डुबेर मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता रोमियो मुयुन्डाका अनुसार सिंहले शुक्रबार बिहानै अगाडी रहेको भैंसीको एक समूहलाई आक्रमण गरेपछि सँगै रहेका अरू बथानका भैंसीहरू भाग्ने क्रममा नदीमा डुबेका थिए । उनले घटनाबारे अनुसन्धान अघि बढाइएको र मरेका भैंसीको सही संख्या र अन्य सान्दर्भिक विवरणहरू पुष्टि गर्ने बताए ।

चोबे नदीमा यसअघि पनि ठूलो संख्यामा भैसी डुबेर मृत्यु हुने गरेकाले यो असामान्य घटना नभएको उनले बताए । चोबे नदी नामिवियाको चोबे राष्ट्रिय निकुञ्जको उत्तरपूर्वी सीमामा बग्छ, जुन हात्ती, जिराफ, सेबल र अफ्रिकी भैंसीको ठूलो प्रजनन झुण्डको लागि चिनिन्छ ।

अफ्रिकी जंगली भैंसी, सिंह, जिराफ तथा अन्य लोपोन्मुख जंगली जनावरका कारण यस निकुञ्ज दक्षिणी अफ्रिकाको एक प्रमुख पर्यटन गन्तव्य बनेको छ ।