
काठमाडौं, ११ कात्तिक । काठमाडौंमा यहि कार्तिक १३ गतेदेखि हुने आइसिसी टी-२० विश्वकपको एसिया क्षेत्रको छनोटमा खेल्ने नेपाली टिमको घोषणा गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने पनि परेका छन् । सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टी-२० सिरिज खेलेका थिएनन् । नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन् ।

कार्तिक १३ गतेदेखि २० गतेसम्म काठमाडौंमा हुने प्रतियोगितामा नेपाल समुह ‘ए’ मा रहेको छ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, ओमान र मलेसिया रहेका छन् भने समूह ‘बी’ मा युएई, बहराइन, हङकङ र कुवेत रहेका छन् ।
नेपालले पहिलो खेल कार्तिक १३ गते सोमबार सिंगापुरसँग खेल्ने छ भने दोस्रो खेल कार्तिक १४ गते मलेसियासँग र तेस्रो खेल कार्तिक १६ गते ओमानसँग खेल्ने छ ।















प्रतिक्रिया