१ कार्तिक २०८३, आइतबार

गाजामा संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सीका ६ कामदारको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गाजापट्टी (प्यालेस्टिनी अधिनस्थ क्षेत्र), ८ कात्तिक  । गाजामा पछिल्लो २४ घण्टामा संयुक्त राष्ट्रसंघको प्यालेस्टिनी शरणार्थी एजेन्सीका छ कामदार मारिएको राष्ट्रसंघले बताएको छ । यो सँगै अक्टोबर ७ देखि अहिलेसम्म मारिएका उक्त एजेन्सीका कामदारको कूल संख्या ३५ पुगेको छ ।

हमासका बन्दुकधारीहरूले इजराइलको ७५ वर्षको इतिहासमा सबैभन्दा भीषण हमला गरेपछि गाजापट्टीमा इजराइली बमबारी दुई साताभन्दा बढीको समयमा मानवीय र सहायताकर्मीहरूलाई पनि छोडिएको छैन ।

“शत्रुता सुरु भएदेखि काम गरेकै अवस्थामा १६ स्वास्थ्यकर्मी मारिएका छन्, युएनआरडब्लुएका गरी कूल ३५ कर्मचारीको मृत्यु भएको छ” संयुक्त राष्ट्रसंघको मानवअधिकार एजेन्सी ओसीएचएले सोमबार साँझसम्मको स्थितिबारे मंगलबार पठाएको अपडेटमा भनिएकोछ, “तीमध्ये छ जना पछिल्लो २४ घण्टामा मारिएका छन् ।”

युएनआरडब्लुएले गाजा, पश्चिम किनार र पूर्वी जेरुसेलमका साथै जोर्डन, लेबनान र सिरियामा ५६ लाख प्यालेस्टिनी शरणार्थीहरूलाई सहयोग गर्दछ ।  हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दिएको संख्याअनुसार गाजापट्टीमा इजराइलले गरेको बमबारीमा पाँच हजारभन्दा बढी मानिस मारिएका छन् । एजेन्सी