
दाङ, ६ कात्तिक । नेकपा (एमाले) का महासचिव तथा लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल जनतासँग भलाकुसारीका साथै दसैंको शुभकामना आदान प्रदान गर्न दाङका जनताको घर आँगनमा पुगेका छन् ।

दसैंको शुभकामना आदानप्रदानका क्रममा जनताहरूले महासचिव पोखरेललाई कुनै पार्टी, विचार र आस्था भन्दा माथि उठेर सबैको सामूहिक भेला र गुनासा सुन्ने नेताको रूपमा आफूले पाएको धारणा राखेका थिए ।

विकास र दाङको समृद्धिको अभिभावकका रुपमा महासचिव पोखरेललाई हेरेको जनताहरूको धारणा थियो ।


धर्मपत्नी समेत रहेकी एमाले पोलिटब्युरो सदस्य सुजिता शाक्य तथा दाङका स्थानीय नेताहरूसहित उनी जनताको घरदैलोमा पुगेका हुन् ।
















प्रतिक्रिया