
काठमाडौं, ६ कात्तिक । त्रिकोणात्मक टी-२० सिरिजमा आज सोमबार घरेलु टोली नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ ।
खेल बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुनेछ ।
जारी सिरिजमा नेपाल लगातार तीन खेलमा जित हासिल गर्दै फाइनलमा पुगिसकेको छ ।
नेपालले यसअघि पहिलो खेलमा युएईलाई र त्यसपछि हङकङलाई लगातार दुई खेलमा पराजित गरेको थियो ।
आइतबार युएईले हङकङलाई पराजित गरेको थियो ।















प्रतिक्रिया