२७ कार्तिक २०८३, शुक्रबार

हेटौंडा अस्पतालको फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत फेला

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सांकेतिक तस्वीर

मकवानपुर, ५ कात्तिक । मकवानपुरको हेटौंडा अस्पतालको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत फेला परेको छ ।

शनिबार साँझ अस्पतालको गाईनो वार्ड नजिकको महिला शौचालयमा रहेको फोहर फाल्ने डस्टबिनमा नवजात शिशु मृत फेला परेको प्रहरीले जनाएको छ ।

‘मृतक शिशु कस्ले फालेको पहिचान भएको छैन्’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले भने, ‘मृतक शिशु हेर्दा तत्काल जन्माई सालनाल सहित डस्टबिनमा फालेको जस्तो देखिन्छ ।’

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।