
काठमाडौं, ४ कात्तिक । काठमाडौको मुलपानी क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नेपाल र हङकङबीच खेल जारी छ ।
टस जितेर पहिला ब्याटिंग गरिरहेको नेपालले चौथो विकेट गुमाएको छ । नेपालले खेलको नवौं ओभरमा ११ रन बनाएर खेलिरहेका कप्तान रोहित पौडेललाई गुमाएको हो ।
यसअघि आशिफ शेख २०, सोमपाल कामी ८, कुशल भुर्तेल २ रन बनाएर आउट भएका थिए ।
नेपालले जारी १३.४ ओभरमा चार विकेटको क्षतिमा १०५ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया