२ कार्तिक २०८३, सोमबार

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कतिमा कारोबार भइरहेको छ ?

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ कात्तिक । नेपाली बजारमा सुनको मूल्यले आज नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा १८ सयले बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भइरहेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला एक लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला पाँच रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला एक हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।