
काठमाडौं, १ कात्तिक । युद्वग्रस्त देश इजरायलबाट उद्वार गरिएका थप १८ जना नेपाली स्वदेश आइपुगेका छन् ।
उनीहरूलाई हिजो भारतीय विमानमार्फत उद्वार गरिएको हो ।
विमानमार्फत दिल्लीसम्म आएका उनीहरूलाई दिल्लीस्थित नेपाली दूतावासले बसको व्यवस्था गरेर कैलालीको गोरीफन्टा नाकाबाट स्वदेश ल्याएको हो ।
उनीहरूलाई जिल्ला प्रशासन कार्यालय कैलालीले सवारी साधनको व्यवस्था गरेर आ आफ्नो गन्तव्यमा पुर्याएको छ ।















प्रतिक्रिया