
काठमाडौं, १ कात्तिक । नेपालीहरुको महान् पर्व दशैँ मनाउनका लागि चार लाख भन्दा बढी उपत्यकाबाट बाहिरिएका छन् ।
घटस्थापनादेखि नै अधिकांश विद्यालय, कलेज र सङ्घ संस्था बन्द भएपछि दसैँ मनाउनका लागि सर्वसाधारणहरू उपत्यकाबाट बाहिरिएका हुुन् ।
ट्राफिक प्रहरीले उपत्यका बाहिरिने यात्रुको सहजताका लागि काठमाडौँ उपत्यकाभित्रका १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको छ । काठमाडौंको गंगबु, कोटेश्वर, कलंकी लगायतका स्थानमा समेत घर जाने यात्रुको भीड लागेको छ ।
सरकारले दसैँको यातायात व्यवस्थापनलाई सहज बनाउनका लागि देशैभरका सार्वजनिक सवारी साधनमा रुट परमिटसमेत खुला गरिसकेको छ ।
अहिलेको अवस्था हेर्दा विगतका वर्षभन्दा धेरै यात्रुहरु बाहिरिने अनुमान रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।















प्रतिक्रिया