२ कार्तिक २०८३, सोमबार

एकैदिन १३०० रुपैयाँले बढ्यो सुनको मूल्य

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । नेपाली बजारमा आज बुधबार एकैदिन एक हजार तीन सय रुपैयाँले सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार तीन सय रुपैयाँले बढेर १ लाख १३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि हिजो मंगलबार छापावाल सुन १ लाख ११ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन प्रतितोला १ लाख १२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले बढेर १ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।