
तमिलनाडु, १ कात्तिक । तमिलनाडुको विरुधुनगरमा मंगलबार पटाका कारखानामा भएका छुट्टाछुट्टै दुई विस्फोटमा कम्तीमा नौ जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार पहिलो विस्फोट विरुधुनगर जिल्लामा भएको थियो भने, अर्को विस्फोट सोही जिल्लाको कम्मपट्टी गाउँमा भएको थियो । विस्फोट बारे अनुसन्धान जारी छ । एएनआई















प्रतिक्रिया