८ कार्तिक २०८३, आइतबार

इजरायलबाट थप १९ जना नेपालीको उद्वार, भारतबाट स्थलमार्ग हुँदै नेपाल आउने

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । इजरायलबाट थप १९ जना नेपालीको उद्वार गरिएको छ । स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय जहाजमार्फत् स्वदेश फर्काइएको हो ।

भारतीय जहाजमा बिहान तेल अभिभबाट १९ जना नेपाली स्वदेश फर्किएका हुन् । उनीहरूलाई भारतबाट भने स्थलमार्गबाट नेपाल ल्याउने तयारी भएको छ ।

दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर गौरीफन्टा नाकाबाट स्वदेश फर्काउने तयारी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

नेपाल भित्रिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको छ ।