
काठमाडौं, २९ असोज । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले काठमाडौं उपत्यकामा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको छ ।
सोमबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले कलङ्की खसी बजार, चोभार नाका, चाल्नाखेल, राँगा बजार, टुकुचा खसी बजार र खाद्य संस्थान, लोकन्थली खसी बजार, सल्लाघारी च्याङग्रा बजार, बालाजु बाइपास नाका, लगनखेल, धापाखेल लगाएता विभिन्न स्थानमा पशु स्वास्थ्य परीक्षणलाई तीव्रता दिएको जनाएको हो ।
पशु स्वास्थ्य परीक्षण र नमुना संकलनका लागि ५८ जना जनशक्ति परिचालन गरिएको मन्त्रालयले जनाएको छ । सो क्रममा स्वस्थ पशुलाई हरियो रंग लगाउने, रोगी पशुलाई रातो रंग लगाउने र तुरुन्तै समूहबाट निकालेर बिक्रि बितरणमा रोक लगाउने गरिएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै चाडपर्व लक्षित गरेर दुग्ध विकास संस्थानबाट उत्पादित दूग्ध पदार्थको मूल्यमा कटौती गरिएको कृषि तथा पशुपक्षी विकास मन्त्री बेदुराम भुसालले जानकारी दिए ।
मन्त्री भुसालले किसानले उत्पादन गरेको दुध प्रयाप्त हुँदा बाहिरबाट दुध नल्याइने गरी काम भएको जानकारी दिए । भुसालले दुधको कारोबार गर्ने संस्थाहरुले एक महिना भन्दा बढी वक्तौता नगर्न भनिएको बताए । लम्पी रोगबाट प्रभावितहरूलाई राहत दिनका लागि कार्यविधि तयार पारेर अर्थ र गृह मन्त्रालयमा पठाइएको पनि उनले जानकारी दिए ।
त्यस्तै मन्त्री भुसालले खाद्य तथा दाना पदार्थ लक्षित बजार अनुगमनलाई पनि तीवता दिइएको बताए । सो क्रममा खाद्य ऐन प्रतिकुल उत्पादन गर्ने २ वटा उद्योगलाई सिलबन्दी गरिएको र १९ मुद्धा दायर गरिएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया