८ कार्तिक २०८३, आइतबार

माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ असोज । नेकपा माओवादी केन्द्रले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

सोमबार बसेको माओवादी केन्द्र कोशी प्रदेशको बैठकले कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

गठबन्धनको निर्णय विपरीत विद्रोह गर्दै कार्की एमालेको सहयोगमा मुख्यमन्त्री बनेका हुन्। कार्कीलाई नेकपा एमालेका ३९ र नेपाली कांग्रेसका ८ सांसदले समर्थन गरेका थिए ।