१ कार्तिक २०८३, आइतबार

युवतीमाथि सामूहिक बलात्कार, नाबालकसहित तीनजना पक्राउ

784
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ असोज । विराटनगरमा एकजना युवतीमाथि सामूहिक बलात्कार भएको छ ।

२५ वर्षीया युवतीमाथि बलात्कार गरेको आरोपमा तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना नाबालक रहेका छन् ।

पक्राउ पर्नेमा धनुषाको मिथिला विहारी नगरपालिका-११ का ४३ वर्षीय टेकबहादुर तामाङ, २० वर्षीय विनोद चौहान र सिन्धुली घर भएका १६ वर्षीय बालक रहेका छन् ।

तामाङ प्रदेश २–००१ ख ००२१ नम्बरको ट्रकका चालक र चौहान सहचालक हुन् । १६ वर्षीय बालक अर्को ट्रकका सहचालक रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरूले आइतबार राति युवतीलाई ललाई फकाई विराटनगर बसपार्कमा सामूहिक बलात्कार गरेका थिए । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।