३ कार्तिक २०८३, मंगलबार

कोशीका मुख्यमन्त्री कार्कीद्वारा तीन सदस्यीय मन्त्रिपरिषद् गठन, को-को बने मन्त्री ?

686
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । कोशी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।

प्रदेश प्रमुख परशुराम खापुङबाट मुख्यमन्त्रीको सपथ लिएलगत्तै कार्कीले मन्त्रिपरिषद् गठन गरेका हुन् । जसअनुसार पहिलो चरणमा एमाले र काँग्रेसबाट एकरएकजना मन्त्री बन्नेका हुन् ।

एमालेबाट राम राना र कांग्रेसबाट शमशेर राई मन्त्री बनेका हुन् ।

कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन्।